काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप तथा स्वास्थ्य सामग्री खरिदमा नभएका कनेक्सन अनुचित ढंगले देखाउने काम भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले औषधि खरिदजस्ता कुराहरुमा भएको भ्रष्टाचारका नाममा कुरा उछाल्ने काम भएको पनि बताए।
‘हामी कोभिडविरुद्धको लाडाइँमा छौं, कुनामा बसेर प्रधानमन्त्रीविरुद्ध हिलो छ्याप्ने काम भइरहेको छ,’ प्रधानमत्री ओलीले भने, ‘औषधि खरिदजस्ता कुराहरुमा भएको भ्रष्टाचारका नाममा कुरा उछाल्ने। नभएका कनेक्सन अनुचित ढंगले देखाउने खालका क्रियाकलाप भए।’
यो पनि : कोभिड खोप खरिदमा ३२ करोड कमिसनको खेल