काठमाडौं- पछिल्लो २४ घन्टामा भारतमा थप ४२ हजार १५ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ३ करोड १२ लाख १६ हजार ३ सय ३७ पुगेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट निको हुने दर ९७ प्रतिशत भन्दा धेरै रहेको छ।
पछिल्लो २४ घन्टामा कोरोनाका कारण भएको मृत्युको आकडा ३ हजार ९ सय ९८ पुगेको छ। महाराष्ट्रले मृत्युको आकडा संशोधन गरेका कारण यो संख्या धेरै देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमणका कारण अहिलेसम्म ४ लाख १८ हजार ४८० को मृत्यु भएको छ।
३६ हजार ९७७ जना कोरोनाबाट ठिक भएका छन्।