काठमाडौं- महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा गंगा हुमागाईं नियुक्त भएकी छिन्।
अस्पतालले हुमागाईंलाई नयाँ नेतृत्वदायी जिम्मेवारीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। उनको अनुभव, समर्पण र प्रतिबद्धताले अस्पतालको नर्सिङ सेवा थप सुदृढ बन्ने, बिरामीको हेरचाहमा सुधार आउने तथा अस्पतालको समग्र विकास र उत्कृष्टतामा योगदान पुग्ने विश्वास अस्पतालले व्यक्त गरेको छ।
अस्पतालले उनको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहने शुभकामनासमेत दिएको छ।
हुमागाईं ४० वर्षभन्दा लामो समयदेखि नर्सिङ सेवामा सक्रिय छिन्।