काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन्।
हरेक वर्ष नियमित स्वास्थ्य जाँच गराउँदै आएका राष्ट्रपति पौडेलले बुधबार अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुसम्बन्धी आवश्यक परीक्षण गराएका छन्।
सेन्टरको परीक्षणपश्चात् त्रिवि शिक्षण अस्पतालमै उनको छातीको एक्स-रे र रगत परीक्षणलगायतका अन्य नियमित स्वास्थ्य जाँच भइरहेको अस्पताल स्रोतले जनाएको छ।