काठमाडाैं- पाकिस्तानमा कोरोना भाइरसको बढ्दो घटनालाई राेक्न कोरोना खोप नलगाउने नागरिकहरुकाे सिम कार्ड बन्द गरिने भएकाे छ। सिन्धु प्रान्तीय सरकारले एक हप्ता भित्र काेराेनाविरुद्धकाे खाेप नलगाउनेकाे सिम कार्ड बन्द गर्ने चेतावनी दिएकाे हाे।
प्रान्तीय सरकारले यस बिषयमा प्रधानमन्त्री इमरान खान र पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)सँग छलफल गर्ने बताएकाे छ।
सिन्धुका मुख्यमन्त्री मुराद अली शाहले कोरोना भाइरस सम्बन्धी राष्ट्रिय कमान्ड तथा अपरेशन सेन्टर (एनसीओसी)लाई दूरसञ्चार प्राधिकरणसँग छलफल गर्न अनुरोध गरेका छन्।
मुरादका अनुसार काेराेनाविरुद्ध खोप नलिएका सरकारी कर्मचारीहरुको तलब पनि रोकिनेछ। यस सम्बन्ध बिषयमा राज्यका वित्त सचिवलाई महाधिवक्तासँग छलफल गर्न आग्रह गरेका छन्।
प्रान्तीय कार्यदलको बैठकमा सोमबार ६ बिहानदेखि साँझ ६ बजेसम्म सिपङ मल र बजार खाेल्न दिने निर्णय गरिएकाे थियाे।
तर, किराना पसल, बेकरी र फार्मेसीहरू खाेल्न दिइएकाे छैन।