ढाका - बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ।
बङ्गलादेशका अधिकारीले दिएको जानकारी अनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए। सङ्क्रमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै कङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ सङ्क्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सङ्क्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ। बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ। तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ।
विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो । आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ । पछिल्लो महिना यहाँ देशव्यापीरुपमा लकडाउन गरिएकोमा केही खकुलो थियो । आइतबारबाट मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निशेध गरिने बताइएको छ । रासस/सिन्ह्वा