काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सम्पर्क माहाशाखा तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले नीति योजना तथा अनुगमन महाशाखालाई प्रतिष्ठानको समस्या समाधानका लागि सम्पर्क माहाशाखा तोकिएको जानकारी दिए। सो महाशाखामा हाल डा गुणराज लोहनी प्रमुख छन्।
डा लोहनीले नै प्रतिष्ठानमा भइरहेको आन्दोलन तथा छानबिन समितिले दिएको सुझाव कार्यन्वयन गर्ने जिम्मेवारी पाएका छन्।
प्रतिष्ठानका आन्दोलनरत पक्षसँग भएको सहमति अनुसार सो महाशाखाका प्रमुख डा लोहनीलाई प्रतिष्ठानको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक तथा कार्यन्वयन गर्न जिम्मेवारी दिइएको हो।
प्रतिष्ठानका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै प्रतिष्ठान शुद्धीकरणको अभियानका लिएर त्यहाका चिकित्सक तथा कर्मचारीहरु असार १ गतेदेखि आन्दोलनमा छन्।
उनीहरुले स्वास्थ्य सेवा नै अवरुद्ध गरेर आन्दोलनको चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले साउन २० गते आन्दोलनरत पक्षसँग सहमति गरेको थियो। उक्त सहमतिको बुँदा नम्बर १ मा नै प्रतिष्ठानका समस्या समाधानका लागि छानबिन समितिले साउन १९ गते बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमा महाशाखा तोक्ने उल्लेख थियो। सोही सहमति अनुसार मन्त्रालयले महाशाखा तोकेको हो।
यो पनि
बिपी प्रतिष्ठानका पदाधिकारीलाई मार्ग प्रशस्त गर्न राज्यमन्त्री श्रेष्ठको आग्रह