पिलिंग एउटा यस्तो प्रविधि हो, जसमा केमिकल सोलुसनको प्रयोग गरि छालाको बनावटलाई राम्रो तथा मुलायम बनाइन्छ। यो प्रविधि अति उपयुक्त हो तर यो अस्थायी हो।
केमिकल पिलिंग सुरु गर्नु अघि जो व्यक्तिको गर्ने उसको स्वास्थ्य तथा छालाको अवस्थाका विषयमा विस्तृत हिस्ट्री लिनु पर्छ। यसका साथै छालाको जाँच पनि गर्नुपर्छ। केमिकल पिलिंग विभिन्न थरिको पाइन्छ। जस्तै: सैलिसिलिक एसिड, म्यानेडेलिक एसिड,टिसिए, ग्लाइकोलिक एसिड।
पिलिंग गरिने अवस्थाहरू
डन्डीफोर र दाग
चायापोतो, मख्खी र तिल कोठी
हल्का खालको चाउरीपन
अनुहारमा निखार ल्याउन
पिलिंग गरेपछि के गर्ने?
पिलिंग गरेपछि छाला सुख्खा भएमा दिनमा २/३ पटक मोइस्चराइजर लगाउने
कडा खालको फेसवास, स्क्रबको प्रयोग नगर्ने
घामबाट जोगाउने
धेरै तातो पानी तथा वाफको प्रयोग नगर्ने
कस्मेटिक जस्तै फाउन्डेसन, पाउडरको प्रयोग ७-१० दिनपछि मात्र गर्ने
सम्बन्धित डाक्टरसँग दुई हप्तामा फलोअप गर्ने।
पिलिंग गर्न आउँदा ध्यान दिनुपर्ने कुराहरू:
● संक्रमण जस्तै घाउ, खटिरा र दाद हुनु हुँदैन
● अत्यधिक सुख्खा छाला हुनु हुँदैन।
● घामसँग बढी समंवेदनशिल छालामा नगर्ने।
● रेटिनोइड्स जस्तो औषधि प्रयोग गरिरहेको अवस्थामा नगर्ने।
● गर्भवतीले नगर्ने।