काठमाडौं- यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले पाएकी छिन्। उनले सबै प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्।
यस्तै डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ बनेकी छिन्। उनले अब मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएकी छिन्।
डा श्रेष्ठले प्रतियोगितामा मिस कन्फिडेन्टको उपाधि पनि जितेकी छिन्। डा श्रेष्ठले किष्ट मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेकी हुन्। उनी यसअघि मिस नेवा ११३८ को फस्ट रनरअप भएकी थिइन्। यसका साथै लिडरसिप क्याम्पेन सम्बन्धित मिस रोट्रयाक्ट २०१९ मा पनि सफल भएकी थिइन्।
डा श्रेष्ठले २०७६ साल जेठमा नै स्वास्थ्यखबरसँग मिस नेपालमा भाग लिन साथीहरुले हौस्याइरहेको बताएकी थिइन्
हेरौं त्यतिबेलाको अन्तर्वार्ता : मिस नेपालमा पनि भाग लेऊ भनेर साथीहरुले हौस्याइरहेका छन् : सरिसा श्रेष्ठ
यसैगरी डा गंगा गुरुङले फेस अफ फर्माइसको उपाधि जितेकी छिन्।
ललितपुरको गोदावरीमा फाइनल प्रतियोगिता भएको थियो।
यस वर्षको प्रतियोगितामा ६ जना चिकित्सक प्रतिस्पर्धामा थिए। दिलाशा डोटेल, आयुशनोभा ढुंगाना, मेरिका बाँस्तोला, सरिशा श्रेष्ठ, यशस्वी श्रेष्ठ र गंगा गुरुङ चिकित्सक हुन्।