काठमाडौं- अहिले धेरै प्रचलनमा आएको डाइट हो, किटो डाइट। शरीरको तौल घटाउनका लागि भन्दै धेरै अन्धाधुन्ध किटो डाइट गरिरहेका हुन्छन्।
चिल्लो र प्रोटिनको मात्रा धेरै हुने खाना हुन्, किटो डाइट। चिकित्सक÷पोषणविद्को परामर्शमा गरिएको किटो डाइटले शरीरलाई फाइदा नै गर्छ। तर आफूखुशी गरिएको डाइटले भने फाइदा कम तर बेफाइदा बढी गर्दछ।
किटो डाइट के हो? कसरी गर्ने? लगायत विषयमा हामीले अल्का अस्पतालमा कार्यरत पोषणविद् बिनिता पन्तसँग बुझ्ने प्रयास गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
किटो डाइट भनेको के हो?
– सामान्यतया हामीले खाने खानामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ।
– किटो डाइटमा चिल्लो पदार्थ र प्रोटिनको मात्रा बढी हुन्छ र कार्बोहाइड्रेटको मात्रा एकदमै कम हुन्छ।
– स्ट्यान्डर्ड र हाइ प्रोटिन किटो डाइट छन्। हाइ प्रोटिन किटो डाइट सबैभन्दा धेरै प्रयोग हुन्छ।
– स्ट्यान्डर्ड किटो डाइटमा कुल क्यालोरीको ७० प्रतिशत चिल्लो पदार्थ लिइन्छ। प्रोटिनको मात्रा २० र कार्बोहाइड्रेटको मात्रा १० प्रतिशत हुन्छ।
– हाइ प्रोटिन किटो डाइटमा कुल क्यालोरीको ३५ प्रतिशत प्रोटिन, ६० प्रतिशत चिल्लो पदार्थ र ५ प्रतिशत कार्बोहाइड्रेट हुन्छ।
किटो डाइटले शरीरमा कसरी काम गर्छ?
– कार्बोहाइड्रेटको सिम्पल फर्म भनेको ग्लुकोज हो।
– कार्बोहाइड्रेटको मात्रा कम भएपछि शरीरमा जम्मा भएर बसेको बोसो फ्याट्टी एसिडमा परिणत हुन्छ।
– जम्मा भएर बसेको बोसोलाई नै शरीरले उर्जाको रुपमा प्रयोग गर्छ।
शरीरको तौल घटाउन किटो डाइटको प्रयोग गरिन्छ? यसले कसरी तौल घटाउँछ?
– कार्बोहाइड्रेटको मात्रा भएपछि शरीरमा इन्सुलिनले काम गर्न पाउँदैन।
– इन्सुलिनले आवश्यक पर्ने ग्लुकोज प्रयोग गर्ने र बढी भएकोलाई बोसोको रुपमा परिणत गरेर राख्ने काम गर्दछ।
– तर ग्लुकोज जम्मा हुन नपाएपछि पहिले जमेर बसेका बोसोहरुलाई प्रयोग गर्न थाल्छ। त्यसैले तौल घटाउन हामीले किटो डाइटको प्रयोग गर्छौ।
किटो डाइट सबैले गर्न मिल्छ?
– चिल्लो र प्रोटिनको मात्रा बढी भएको डाइट भएकाले किटो डाइट सबैले गर्न मिल्दैन।
– जटिल खालको मिर्गौला रोगी, मुटु रोगी, टाइप वान मधुमेहका बिरामी, कमजोर शरीर, तौल कम भएका व्यक्तिले किटो डाइट गर्न मिल्दैन।
किटो डाइट कसको लागि उपयुक्त हो?
– मधुमेह, क्यान्सर, मोटोपन भएका व्यक्तिहरुमा किटो डाइटको नजिता धेरै राम्रो देखिन्छ।
– यी रोगका बिरामीहरुलाई हामीले किटो डाइट प्रयोग गर्न पनि सल्लाह दिने गर्छौ।
किटो डाइटको फाइदासँँगै बेफाइदाहरु के–के छन्?
– किटो डाइटले फाइदा गर्नुका साथै बेफाइदाहरु पनि गर्छन्।
– किटो डाइट सही तरिकाले नगर्दा थकान र कमजोरी गराउने समस्या निम्त्याउँछ।
– शरीर तौल धेरै भएको, मधुमेह भएका व्यक्तिलाई उपयुक्त भएपनि सधैभरी गर्न मिल्दैन।
– शरीरको तौल घटीसकेपछि किटो डाइटलाई चिकित्सकको सल्लाह अनुसार मात्र निरन्तरता दिनुपर्छ।
– किटो डाइटले शरीरमा आवश्यक पर्ने क्याल्सियम, भिटामिन डी, फोस्फोरस, म्याग्नेसियमहरुको कमी गराउने भएकाले लामो समयसम्म गर्नु हुँदैन।
अहिले धेरैले युट्युब हेरेर आफूखुशी किटो डाइट सुरु गर्छन्। यो कत्तिको ठिक हो?
– किटो डाइटमा चिल्लोको मात्रा, प्रोटिन कार्बोहाइड्रेटको मात्रा मिलाएर खानुपर्ने हुन्छ। तर युट्युब हेरेर आफूखुशी गरिएको किटो डाइट मिल्दैन।
– शरीरलाई चाहिने क्यालोरी समेत पुर्याएको हुँदैन।
– युट्युबमा हेरेर गरिएको किटो डाइट शरीरको उचाई, तौल र आवश्यकता अनुसार मिलाइएको हुँदैन।
– चिकित्सक या पोषणविद्को परामर्श अनुसार मात्र किटो डाइट सुरु गर्नु पर्दछ।
भिडियो – मनिष अर्याल