अछाम-  जिल्लाको बयालपाटा अस्पतालमा निशुल्क आँखा शिबिर सञ्चालन हुने भएको छ। यही चैत १९ देखि २१ गते सम्म शिबिर सञ्चालन हुने लागेको बयालपाटा अस्पतालले जनाएको छ। 
गेटा आँखा अस्पताल कैलालीको आयोजना तथा बयालपाटा अस्पतालको  सहकार्यमा शिबिर सञ्चालन हुने बयालपाटा अस्पतालका प्रमुख मेडिकल निर्देशक डा मन्दिप पाठकले बताए। 
डा पाठकका अनुसार शिबिरमा मोतिबिन्दुका रोगीहरुको निशुल्क शल्यक्रिया र औषधि उपचार हुनेछ। 
साथै चश्मा आवश्यक भएका बिरामीलाई बिशेष छुटमा चश्मा समेत उपलब्ध गराईने गेटा आँखा अस्पतालले जनाएको छ।