पोखरा- मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ परेका छन्। अस्पतालमा गत असोज ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर आक्रमण भएको थियो।
प्रहरीका अनुसार शुक्रबार राति पोखरा न्यूरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको हो। उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
प्रहरीले यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई पक्राउ गरेको थियो। विनयविरुद्ध ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ।
लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपालमा डाक्टरमाथि कुटपिटका र अस्पतालमा तोडफोड भएको थियो।