काठमाडौं- काठमाडौं मेडिकल कलेजका आन्दोलनरत चिकित्सकहरु काममा फर्किएका छन्।
आइतबार केएमसीको नेफ्रोलोजी विभागका कार्यरत इन्र्टन डाक्टर मनिष खड्कामाथि चार जनाको समूहमा आएकाहरुले कुटपिट गरेका थिए।
घटनामा संलग्न गुल्मी ठेगाना भएका हाल काठमाडौं चावहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्दै काममा फर्किएका हुन्।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी अदालतमा लगेपछि डाक्टरहरुले आन्दोलन फिर्ता लिएका हुन् ।