काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बझाङमा गएको भूकम्पका कारण तीन वटा स्वास्थ्य संस्थामा सामान्य असर परेको छ। तर सेवा प्रभावहमा भने कुनै असर नपुगेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार भूकम्प प्रभावित क्षेत्रमा आवश्यक मानव तथा संशाधन सहयोगका लागि मन्त्रालय तयार रहेको छ।
भूकम्पबाट ११ जना घइते भएकामध्ये ९ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भई घर फर्किसकेको जानकारी पनि मन्त्रालयले दिएको छ। २ जनालाई भने थप उपचारका लागि धनगढी रेफर गरिएको छ।