काठमाडौं- राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलेजानकारी बिना केन्द्रको नाम उल्लेख गरी तालिम संचालन तथा प्रमाणपत्रसमेत वितरण भइरहेको भन्दै आपत्ति जनाएको छ।
एक सूचना जारी गर्दै केन्द्रले स्वास्थ्यसँग सम्बन्धित तालिम संचालन गर्ने निकायहरुले तालिमसम्बन्धी तथ्यांक अभिलेख राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट संचालित तालिम सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी प्रमाणपत्र जारी गर्न आग्रह गरेको छ।
'राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको जानकारी बिना यस केन्द्रको नाम उल्लेख गरी केही निकायहरुबाट तालिम संचालन तथा प्रमाणपत्र समेत वितरण गरिरहेको भनी यस केन्द्रमा गुनासो प्राप्त हुन आएको छ', सूचनामा भनिएको छ, 'स्वास्थ्यसंग सम्बन्धित तालिम संचालन गर्ने निकायहरुले तालिमसम्बन्धी तथ्यांक अभिलेख राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट संचालित तालिम सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी प्रमाणपत्र जारी गर्नहुन अनुरोध छ।'