काठमाडौं– बीपी नेत्र प्रतिष्ठानले हालसम्म ८ लाख बढीलाई आँखासम्बन्धी सेवा दिएको छ। प्रतिष्ठानको बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवम् पुनःस्थापना केन्द्रले ११ वर्षमा ८ लाख ३८ हजार १ सय ३२ जना सेवाग्राहीलाई उपचार प्रदान गरेको छ।
भक्तपुर मनोहरास्थित अस्पतालले २०६९ साउन १ गतेदेखि २०८० असोज २४ सम्म ५ लाख ४४ हजार १ सय ६२ जनाले आँखासम्बन्धी उपचार लिएका छन्।
त्यसैगरी आँखाको शल्यक्रिया १९ हजार ७ सय २५ जनाले गराएका छन्। नाक, कान र घाँटीको सर्जरी ३ हजार २ सय ३१ जनाले गराएका छन् भने दाँतको सर्जरी ९ सय ६६ जनाले गराएका छन्।
प्रतिष्ठानले विश्व दृष्टि दिवसको अवसरमा कारखानाका काम गर्ने श्रमिकहरूलाई लक्षित गरेर अस्पतालमा नि:शुल्क आँखा जाँचसमेत गरेको छ।