काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ नेतृत्व चयनका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। अध्यक्ष पदका लागि महेश प्रधान र विप्लव अधिकारी चुनावी मैदानमा उत्रेका हुन्।
अध्यक्षका उम्मेदवारलाई सहमतिमा ल्याउने प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो। अध्यक्षमा उम्मेदवारी दिएकामध्ये प्रधान संघका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी महासचिव हुन्।
संघको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढेको र शुक्रबार नै नतिजा आउने बताइएको छ।
यसैगरी, ९ सदस्यीय कार्यसमिति सदस्यका लागि ११ जनाको उम्मेद्धारी परेको छ। दीपककुमार तिब्डेवाल, सुमितचन्द्र श्रेष्ठ, ईश्वरकुमार भण्डारी, सजलराज रेग्मी, सुदर्शन खेगुली, गिरीराज पाठक (गणेश), पृथ्वीराज भण्डारी (निजु), डा पंकजकुमार तिवारी, शैलेस बैद्य, सन्तोष बराल र प्रभात रुङ्गाटाले सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्।
कुल ७५ जना सदस्य रहेको एपोनमा अहिले मताधिकार भने ६० जनाले मात्रै प्राप्त गरेका छन्।