काठमाडौं– शुक्रबार मध्यरातमा आएको भूकम्पका कारण सबैभन्दा धेरै मानविय क्षति जाजरकोटको नलगाड नगरापालिकामा भएको छ।
हालसम्मको प्राप्त तथ्यांक अनुसार नलगाड नगरपालिकाका ४९ जनाको मृत्यु भएको छ। १३९ जनाको मृत्यु पुष्टि हुँदा सबैभन्दा धेरै उक्त नगरपालिका मानिसहरुको मृत्यु भएको पाइएको छ।
त्यसपछि भेरी नगरपालिकाका धेरै मानिसको मृत्यु भएको पाइएको छ। भेरीका ३१ जनाको मृत्यु भएको छ। कुसे गाउँपालिका ७ जानको मृत्यु भएको पुष्टि भएको छ।
रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ। आठबीसकोट नगरपालिका–१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ। तर त्यसमध्ये आठबीसकोट–१४ कामात्रै २७ जना छन्। त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ।
यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। रुकुमको आठविसकोटका ४३ जनाको मृत्यु भएको छ भने सानीभेरी ९ जनाको मृत्यु भएको छ।
अन्यको विवरण आउने क्रम जारी रहेको छ। हालसम्म १३९ जनाको मृत्यु भएको र २२४ जना घाइते पाइएको छ।