काठमाडौं– सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र चिकित्सक टोली पठाउने निर्णय गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको जनाएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल १ करोड र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली पठाउने निर्णय गरेको हो।
यसअघि बागमती प्रदेशले १ करोड ५० लाख सहयोग गर्ने निर्णय गरेको थियो। त्यस्तै गण्डकी प्रदेशले पनि स्वाथ्यकर्मीको टोली पठाउने निर्णय गरेको छ।