सुर्खेत- जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ। नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार घाइतेको संख्या १६६ छ। जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।