काठमाडौं– शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ।
काठमाडौं ल्याइएका घाइतेहरुलाई सुरक्षाकर्मीको सहायता त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ। केही घाइतेहरुको जिल्ला अस्पतालहरुमा उपचार भइरहेको छ भने केहीलाई सुर्खेत, कोहलपुर र नेपालगन्जमा लगिएको छ।