काठमाडौं- भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइते भएका हेलिकप्टरबाट आएका २९ जना भेरी अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका पूर्वनिर्देशक डा. बद्री चापागाईंका अनुसार ८० जनासम्म बेडमा राखेर उपचार गर्ने क्षमता छ।
‘घाइते बिरामी आउने क्रम चलिरहेको छ । एक जना बिरामी बाटो आउँदा आउँदै मृत्यु भएको रहेछ’, डा चापागाईंले भने, ‘अस्पतालका सबै स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ।’