काठमाडौं- भूकम्प पीडितहरूको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत,गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली प्रभावित क्षेत्र पुगेको छ।
टोलीमा पूर्व मन्त्री दिनानाथ शर्मा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल पनि रहेका छन्।
उनीहरु स्वास्थ्य टोली लगायतको टोली स्वास्थ्य सामग्री सहित रुकुम पश्चिम र जाजरकोट प्रस्थान गरेका थिए। बिहान बसेको मन्त्रिपरिषद्को बैठकपछि उनीहरु प्रभावित क्षेत्रमा पुगेका हुन्।