काठमाडौं- नेपाल चिकित्सक संघको सुर्खेत,दाङ र जुम्ला शाखा भूकम्पबाट घाइतेको उपचारमा खटिएको छ।
संघका महासचिव डा सन्जिब तिवारीका अनुसार घाइते नागरिकहरूको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाईसकिएको छ।
राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखाहरूसँग नियमित सर्म्पक भईरहेको बताइएको छ।