काठमाडौं– नर्भिक अस्पतालले भूकम्पग्रस्त जिल्ला जाजरकोट र रुकुम पश्चिम पुगेर उपचार गर्ने घोषणा गरेको छ।
आइतबार बसन्त चौधरीले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट भएको ठूलो जन–धनको क्षतिले मर्माहत बनाएको भन्दै यस्तो घोषणा गरेका हुन्।
‘त्यहाँका जनसमुदायको स्वास्थ्यप्रति पनि हामी त्यत्तिकै संवेदनशील छौं। नर्भिक इन्टरनेशनल हस्पिटलका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारार्थ यथाशीघ्र पुग्ने छौं’, विज्ञप्तिमा भनिएको छ।