काठमाडौं- नेपाल प्रजातान्त्रिक फार्मेसी संघमा सुदिपराज सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
समितिको उपाध्यक्षहरुमा यज्ञराज बडु, विके बस्नेत र गिता कुँवर रहेका छन्। यसैगरी महासचिवमा चिरञ्जीवी पाण्डे, सचिवमा दिपेन्द्र आचार्य र ओमकार सापकोटा चयन भएका छन्।
यसैगरी कोषाध्यक्षमा अजय कुमार ठाकुर र सदस्यहरुमा सुजन नेपाल, रुपेश कुमार गुप्ता र स्वर्णिम वान्तवा राइ रहेका छन्।