काठमाडौं– गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचारको मुद्दा खेपिरहेका व्यवसायी भीमकान्त भण्डारीले सफाइ पाएका छन्।
अख्तियारले दायर गरेको मुद्दामा माओवादी नेतासमेत रहेका विध ल्याबका सञ्चालक भण्डारीले विशेष अदालतबाट सफाइ पाएका हुन्।
विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै भण्डारीलाई सफाइ दिएको हो।
विशेष अदालतमा सोमबार र मंगलबार भएको बहसमा भण्डारीको पक्षबाट अधिवक्ता भोजराज आचार्य, तिलक पाण्डे र अपुर्व खतिवडा सहभागी थिए।
उनीविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्तिको दाबी नपुग्ने ठहर अदालतले गरेको छ। व्यवसाय गरेर कमाएको सम्पत्तिमा अख्तियारले हेर्न नमिल्नेसमेत अदालतले ठहर गरेको छ।