काठमाडौं- प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसनले भुकम्पबाट घाइतेको निशुल्क उपचार गर्ने भएको छ।
एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान कार्कीका अनुसार एसोसिएसन अर्न्तगत रहेका १५ मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा आएका घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरिएको छ। साथै सरकाले सहयोग मागेमा सबै प्रकारका सेवा निुल्क गर्न पनि तयार रहेको एसोसिएसनले जनाएको छ।
'विपद्को यस घडिमा आवश्यक पर्ने सहयोगका लागि नेपाल सरकारको एकद्धार प्रणालीबाट सहयोग गर्न गरेको निर्णय अनुसार यस एसोसियसन अर्न्तगत रहेका १५ मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा आएका घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेका छौ' एसोसिएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारले यस एसोसियसनलाई सहयोगका लागि पत्राचार गरेमा यस एसोसियसन स्वास्थ्य क्षेत्रमा सबै प्रकारको निःशुल्क सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराउँदछौ।'