सुर्खेत- भूकम्पले घरमा क्षति पु¥याएपछि एक महिलाले त्रिपालमुनि बच्चा जन्माएकी छन्। घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–७ धनरासीकी निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई जन्म दिएकी हुन्।
जाजरकोट भूकम्पबाट धेरै स्याथीयको घर तथा स्वास्थ्य संस्थामा क्षति भएको छ। यसैबीच कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरु गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अपिल गरेको छ।
मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए।
भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई रु दुई लाख रकम र घाइतेहरुको उपचारका लागि रकक तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।