काठमाडौं- विश्व मधुमेह दिवसका अवसरमा ललितपुर कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा एक सतासम्म नि:शुल्क मधुमेह ओपिडी सेवा र नि:शुल्क सुगर जाँच सेवा सुरु भएको छ।
क्लिनिकले दिवसका अवसरमा मधुमेह रोग विशेषज्ञसँग नि:शुल्क रुपमा परामर्श सेवा लिन पाउने र सुगर जाँच पनि नि:शुल्क गरेको हो। क्लिनिककी जेनरल म्यानेजर अर्पणा ढकालद्वारा जारी विज्ञप्ति अनुसार नि:शुल्क ओपिडी र सुगर जाँच सेवा आगामी शुक्रबारसम्म हुने छ।
'दिवस केही दिन अगाडि परे पनि तिहार र छठ पर्वका कारण सार्वजनिक बिदाका दिनहरु परेका थिए,' ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्यसकारण हामीले नागरिकको सेवाका लागि नि:शुल्क सेवालाई ८ गते शुक्रबारसम्म दिने निर्णय गरेका हौं।'
यो वर्ष मधुमेह दिवस कात्तिक २८ गते परेको थियो। दिवसका अवसरमा उक्त दिनदेखि नै नि:शुल्क ओपिडी र र्यान्डम सुगर जाँच सेवा दिएको क्लिनिकले सार्वजनिक बिदाका दिन परेको भन्दै निशुल्क सेवाको समय शुक्रबारसम्म थप गरेको विज्ञप्तिमा उल्लेख छ।