काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यसवर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ। नाष्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो।
५० हजार रुपैयाँ नगद र सम्मान पत्र सहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ।
तीन दशक देखी पत्रकारिता क्षेत्रमा क्रियाशील मिश्र २७ वर्ष देखि स्वास्थ्य र विज्ञान विषयमा कलम चलाउँदै आएका छन्। उनी कान्तिपुर दैनिकमा चिफ सब इडिटरको रुपमा कार्यरत छन्।