काठमाडौं–इजिप्टले सोमवार गाजा पट्टीबाट रफाह क्रसिङ हुँदै समयपूर्व जन्मिएका २८ शिशुहरू प्राप्त गरेको छ। एक शिशुकी आमाले द्वन्द्वको समयमा आफूले गरेको संघर्षको पीडा र अनुभव सुनाइन्। इजरायल र हमास द्वन्द्वमा नै आफ्ना छोराछोरीको मृत्यु हुने डर उनलाई छ। द्वन्द्वको तेस्रो दिन हमासबाट दक्षिणतिर सर्न बाध्य भएपछिको पीडा सुनि नसक्नु छ। आक्रमणकारीले आफूलाई निवास छोड्न आदेश दिएपछि सो स्थानमा बिष्फोट गरेको र आफ्नो घर र सम्पती सबै गुमेको उनले बताइन्।
उनले भनिन्, ‘म अल–शिफा अस्पताल गएँ। हामीले अनुमान गरेका थिएनौँ कि तिनीहरू(इजरायल) बम बिस्फोट गर्नेछन्। अस्पताल र त्यहाँका बालबालिका बम विष्फोटको कारण पीडित हुनेछन्।’
उनले भनिन्, दस दिनअघि, डाक्टरहरूले मेरो समयपूर्व जन्मिभएको छोरीलाई अक्सिजनबाट निकाले र तिनलाई खुवाउन र स्वस्थ वजन बढाउन मद्दत गर्ने प्रयास गरे। यी दश दिनहरूमा, तिनीहरू (इजरायली सेना) ले अस्पताललाई घेरे र कुनैपनि आपूर्ति र उपकरणहरू प्रवेश गर्नबाट रोके। जब मेरो बच्चाको अवस्था बिग्रियो, डाक्टरहरूले उसलाई फेरि अक्सिजन दिए। उनको अवस्था त्यहाँका बालबालिकाहरूमध्ये सबैभन्दा गम्भीर थियो। जब म राफा क्रसिङमा आइपुगँे, प्रक्रिया सरल थियो। तिनीहरूले मलाई यहाँ (इजिप्टमा) अस्पताल आउन भने। म केही घण्टापछि यहाँ आइपुगेँ र इजिप्टका जनताले न्यानो स्वागत गरे। म मेरा तीन छोराछोरीबाट अलग भएँ। मसँग उनीहरूलाई अँगालो हाल्ने समय थिएन। मैले अलविदा भनेको छैन। म मेरो छोरीलाई बचाउन गएँ, जो डरलाग्दो अवस्थामा थियो। मलाई डर छ कि, मेरा छोराछोरीहरू बम बिस्फोटमा मर्नेछन्। गाजामा बालबालिका र महिलाहरू मरिरहेका छन्। जब हामी बिस्थापित र भट्किरहेका थियौं, मलाई र बच्चाहरूलाई चिसो जाडोबाट जोगाउने केही थिएन, पाल पनि थिएन।’