काठमाडौं- सरकारले कर दिवसको अवसरमा राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ। स्वास्थ्य तथा शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ। यो कलेज नेपाली कांग्रसका सांसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हो।
धेरै आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ। विशेष उद्योगमा धेरै कर तिर्नेमा एशियन पेन्ट्स पुरस्कृत भएको छ। सूर्य नेपाल पनि उत्कृष्ट करदाताको सूचीमा छ।
बैंकहरूमध्ये धैरे कर तिर्नेमा बैंकमा ग्लोबल आईएमई बैंक परेको छ। बीमातर्फ भने धेरै कर तिर्नेमा एलाआईसी नेपाल परेको छ । सहकारीमा धेरै कर तिर्ने तर्फ छिमेक लघुबित्त रहेको छ।
कृषिमा धेरै कर तिर्ने कम्पनीमा ओसीबी फिड एण्ड फिड्स प्रालि रहेको छ।
पर्यटनतर्फ भने मनकामना केवलकार धेरै कर तिर्ने कम्पनीमा परेको छ। वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड, उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटान्सतर्फ आईएमई रेमिटान्स परेको छ।
व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन्।