काठमाडौं- अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३ काठमाडौंमा आयोजना हुने भएको छ। आयुर्वेद मेडिकल डेभेलोप्मेन्ट एण्ड रिसर्च फाउण्डेशनको आयोजनामा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३’ हुने भएको हो। मंसिर ९ देखि ११ गतेसम्म काठमाडौंको कमलादीस्थित् नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त सम्मेलन एवं प्रदर्शनी हुने भएको हो।
आयोजक संस्थाले आयुर्वेदको चिकित्सिय गुण समाज समक्ष पस्कन रक्तदान, स्वास्थ्य शिविर तथा विभिन्न सचेतनामूलक कार्यक्रम र क्रियाकलापहरु गर्दै आएको छ।
नेपालको इतिहासमा आयुर्वेद क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिलाई कार्यक्रममा सम्मान गरिनेछ।
सम्मेलनको मूल नारा ‘कृत्रिम बुद्धिमताको युगमा आयुर्वेद जीवनशैली प्राप्त गर्नु’ रहेको छ। आयुर्वेद सिद्धान्तले रोगको उपचारमात्रलाई प्राथमिकतामा नराखेर स्वास्थ्य राम्रो राख्ने र दीर्घायु बनाउनेलाई पनि प्राथमिकतामा राख्छ । यस कार्यक्रमबाट हाम्रो शारीरिक,मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी ज्ञान हासिल हुने आयोजकको दाबी छ।
उक्त सम्मेलनको बारेमा डा विजेन्द्र साह, डा साहारा श्रेष्ठ र डा निर्मल भुषालले जानकारी दिएका थिए। सो क्रममा डा साहारा श्रेष्ठले आयुर्वेदको अझै वृद्धिविकास होस भन्ने आफूहरुको चाहना रहेको डा। साहाराको भनाई छ। उनले आयुर्वेद औषधीबारे नकारात्मक सन्देश प्रवाह भैरहेको उल्लेख गर्दै त्यसलाई चिर्नको लागि पनि यो सम्मेलन फलदायी हुने दाबी गरिन्।
एएमडिआरएफका अध्यक्ष डा विजेन्द्र साहले आफूहरुको यो सम्मेलन पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम भएको सुनाए। उनले आफूहरुको संस्थाले आयुर्वेदको विकासको बारेमा वकालत र काम गरेको बताए। उनले नेपाल जडिबुटीको धनी देश भएको उल्लेख गरे।