काठमाडौं- आजबाट सुरु भएको एनएमए तेस्रो स्वास्थ्य शिखर सम्मेलनमा स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षाबारेको बहस सकिएको छ।
दोसो शत्रमा स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षाबारे र तेसो सत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनका चुनौतीबारे बहस भएको थियो।
स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा भन्ने बहसको सभापतित्व चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजीकरण डा सुभास प्याकुरेलले गरेका थिए।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनका चुनौतीबारे बहसको सभापतित्व नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केदार नर्सिङ केसीले गरेका थिए। उक्त बहसको सहजीकरण स्वास्थ्य खबरका सम्पादक प्रवीण ढकालले गरेका थिए।