काठमाडौं- नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य ऐनको मातहतमा चिकित्सक ऐन बन्न जरुरी रहेको बताएका छन्।
तेस्रो एनएमए शिखर सम्मेलनका क्रममा बोल्दै डा कार्कीले स्वास्थ्य क्षेत्रका अग्रजहरुको लामो संघर्षपश्चात् स्वास्थ्य ऐन आएको बताउँदै यसकै मातहातमा रहने गरी चिकित्सक संघ बन्नु आवश्यक रहेको बताएका छन्।
स्वास्थ्य प्रवाह गर्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतका जुनसुकै संस्थाहरुलाई एक ठाउँमा ल्याउनका लागि चिकित्सक नियमावली ऐन अन्तर्गत ल्याउन आवश्यक रहेको उनको दाबी थियो। उनले नेपालले मेडिकल टुरिजमको विकास गरी प्रशस्त आय आर्जन गर्न सक्ने समेत बताए।