काठमाडौं- बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले तीन तहकै सरकार मिलेर स्वास्थयसम्बन्धी नीति निर्माण गर्नुपर्ने बताएका छन्।
आइतबार एनएमए तेस्रो राट्रिय सम्मेलनमा बोल्दै उनले जनताको स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न तिनै तह एकजुट हुनुपर्ने बताए।
जोशीले स्वास्थ्य सेवालाई सरल र सहज बनाउन आफू लागिपरेको बताए। उनले क्यान्सरका बिरामीलाई प्रदेश सरकारले पचास हजार रुपैयाँ प्रदान गर्ने समेत बताए।
साथै एक निर्वाचन क्षेत्र एक स्वास्थ्य संस्था सबलिकरण कार्यक्रम ल्याएको भनदै सबै ठाउँमा जनशक्ति नआएको बताए। साथै एक निर्वाचन क्षेत्र एक स्वास्थ्य संस्था सबलिकरण कार्यक्रम ल्याएको भनदै सबै ठाउँमा जनशक्ति नआएको बताए।
दुर्गमा चिकित्सक जान नचाहेको भन्दै प्रोत्साहन भत्ता दिएर भएपछि गाउँगाउँमा सेवा उपलब्ध गराउने उनले बताए।