काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार बसौलालाई निर्देशक नियुक्त गरेका हुन्।
यस्तै उक्त अस्पतालकी निर्देशक डा मनिषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा भएको छ।
यसैगरी सार्क क्षयरोग केन्द्रका डा रोशन न्यौपानेलाई वीर अस्पतालमा पठाइएको छ।