काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका जारी गरेको छ। मंसिर ६ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले उक्त निर्देशिका जारी गरेको हो।
बिपन्न बिरामी नागरिकले कडारोगको उपचार सहुलियत लिनका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई वडा कार्यालयबाट विपन्न हो भनी सिफारिस लिनुपर्नेछ।
सिफारिस, चिकित्सकको प्रिस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्नेछ।
निवेदन तथा आवश्यक कागजात प्राप्त भए पश्चात सम्बन्धित स्थानीय तहले आवश्यक जाँचबुझ गरी बिरामीको पारिवारिक आर्थिक अवस्थासमेत हेरी औषधि उपचार सहुलियत उपलब्ध गराउने प्रयोजनको लागि अनुसूची ३ बमोजिमको विवरण बमोजिम सूचीकृत अस्पतालमा सिफारिस गर्नेछ।
गरिब परिवार परिचय पत्र भएका बिरामीहरुका लागि उपदफा (१) र (३) बमोजिमको विपन्नताको सिफारिस आवश्यक पर्ने छैन। दफा ५ (२) मा उल्लेख भएका प्रावधान सहित उक्त परिचयपत्रकै आधारमा सूचीकृत अस्पतालबाट सोझै उपचार सहुलियत पाउनेछन् ।
हेर्नुहोस निर्देशिका