काठमाडौं- नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि आत्रमण गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले माग गरेको छ।
वार्तामा बसी रहेको अवस्थामा प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहहरुले कुटपिट गरेको भन्दै संघले उक्त कार्यको निन्दा गरेको छ। साथै उक्त कार्यमा संलग्नलाई पक्राउ गरी कानुन अनुरुप कारबाही गर्न माग गरिएको छ।