काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान गरेका चार जना वरिष्ठ चिकित्सकलाई सम्मान गरिएको छ।
एसोसिएसन अफ ब्रिटिस एल्मुनी इन नेपालले डा गौरीशंकरलाल दास, डा मिर्गेन्द्रराज पाण्डे, डा बद्री पाण्डे, डा महोदधी प्रधानलाई सम्मान गरिएको हो।
बेलायतमा पढेर नेपाल फर्केका चिकित्सकले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो।
कार्यक्रममा नेपालका लागि बेलायतका राजदूत रब फेनको पनि सहभागिता रहेको थियो। उनले बेलायत र नेपालको एक सय वर्षभन्दा लामो सम्बन्धका विषयमा समेत चर्चा गर्दै सम्मानित हुने चिकित्सकहरुको योगदानको प्रशंसा गरेका थिए।