काठमाडौं- बिरामी बोकेको एम्बुलेन्स ट्रकसँग ठोक्किँदा ५ जना घाइते भएका छन्।
महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज १च ८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे बीपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा ३ ख ६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार २ वर्षीय बालकलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो। दुर्घटनाबाट ती बालकको टाउकोमा चोट लागेको छ।
एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका(१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका(१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्।
उनीहरूलाई आज बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको एसपी सिलवालले जानकारी दिए।
दुर्घटनाबाट एम्बुलेन्समा क्षति भएको बताइएको छ।