काठमाडौं- स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्। तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो।
उनी अवकासप्राप्त चिकित्सक हुन्। यसअघि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख भएर काम गरिसकेका छन्।