काठमाडौं- प्रादेशिक अस्पताल भद्रपुर झापामा बालरोग विशेषज्ञ चिकित्सक नभएका कारण आजबाट बाल वार्ड बन्द गरिएको छ।
अस्पताल प्रसाशनले सूचना प्रकाशित गरी बालरोग विशेषज्ञ नभएका कारण अनिश्चितकालका लागि सेवा बन्द गर्नुपरेको जनाएकाे छ।
मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले बताए अनुसार पछिल्लो ४ महिनादेखि बालरोग विशेषज्ञ डाक्टर रविन रेग्मीले छात्रवृत्ति करार सकेर अस्पताल छाडेर गएपछि अन्य चिकित्सक प्रदेशले पठाउन सकेको छैन। दैनिक ओपिडीमा ८० जना बिरामी आउने गरेकोमा हाल १० जना मात्र हुने र मेडिकल अफिसरले हेर्नुपरेको छ।
नजिकै रहेका निजी क्षेत्रको अस्पतालमा बच्चाको एनआइसियू संचालनमा ल्याईसक्दा समेत सरकारी प्रादेशिक अस्पताल भद्रपुरमा बालरोग चिकित्सक तथा अन्य विशेषज्ञ सेवा व्यवस्था नहुन्दा नागरिकलाई सास्ती भएको छ।