काठमाडौं- नेपालमा इन्टर्नल मेडिसिन विषयका विशेषज्ञहरूको राष्ट्रिय समाज सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साईमन) को १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
साईमनका सभापति प्राडा अरुण मास्केको नेतृत्वमा गठित मूल समारोह समितिमा वैज्ञानिक समितिका सभापति प्राडा शितल अधिकारी र सचिव डा मुकुन्द प्रसाद काफ्ले रहेका थिए। मङ्सिर १५ गते भएको उदघाटन समारोहका प्रमुख अतिथि वरिष्ठ साईमन सदस्य डा मृगेन्द्र राज पाण्डे रहेका थिए।
नेपालबाहेक बंगलादेश, भुटान, भारत, जापान, माल्दिभ्स, श्रीलंका, बेलायत, अस्ट्रेलियाबाट ४९० भन्दा बढी चिकित्सकहरु कार्यक्रममा सहभागी थिए। ४३ ओटा कार्यपत्र प्रस्तुत गरिएको उक्त १५ औं अन्तर्राष्ट्रिय सम्मेलनमा बेलायतको रोयल कलेज अफ फिजीसियन एडिनबराका अध्यक्ष डा एन्ड एल्डर, भारतको एसोसियसन अफ फिजिसियन अफ इंडियाका सभापति डा गिरिश माथुर, श्रीलंका कलेज अफ इन्टरनल मेडिसिनका सभाप डा कुमुदिनी जयसिंघे, बंगलादेशको एसोसियसन अफ फिजिसियन अफ बंगलादेशका महासचिव प्राडा सोहेल महमुद अराफात लगायतले कार्यपत्र प्रश्तुत गरेका थिए।
उक्त सम्मेलनमा चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन तथा साईमनका पूर्व सभापति प्राडा जगदीशप्रसाद अग्रवाललाई मृगेन्द्र सम्झना मेडिकल गुठिको विशेष ओरेशन सम्मान प्रदान गरिएको थियो। त्यस बाहेक डा कुमुद भट्टराईलाई सर्वोत्कृष्ट पोस्टर पुरस्कार, डा सागर पौडेललाई सर्वोत्कृष्ट ओरल प्रेजेन्टेसन पुरस्कार तथा डा सन्दिप सापकोटा लाई ५०,००० रुपैयाँको पोस्ट ग्राजुएट इन्भेस्टीगेटर अवार्ड प्रदान गरिएको थियो।
सम्मेलनको अघिल्लो दिन मङ्सिर १४ गते भएको ४ भिन्दाभिन्दै कार्यशालामा १२० जना इन्टर्नल मेडिसिन विषयका रेजिडेन्ट चिकित्सकहरू सहभागी थिए। उक्त कार्यशालामा नेपाली चिकित्सकहरूलाई तालिम नेपाल बाहेक बेलायत तथा भारतब विशेषज्ञहरू आमन्त्रण गरिएको थियो। मेडिकल अनुसन्धान, पराजैविक औषधिको उचि उपयोग, मानव शरीरमा पानी तथा धातुको सन्तुलनसम्बन्धी कार्यशाला र बेलायत रोयल कलेज अफ फिजीसियन एडिनबराले अस्पतालमा उपचाररत बिरामीको अवस्था अकस्मात बिग्रेमा कसरी सम्हाल्ने भन्ने तालिम संचालन गरिएको थियो।
रोयल कलेज अफ फिजीसियन एडिनबराका अध्यक्ष डा एन्ड् एल्डरले नेपालमा कार्यरत विशिष्ट शैक्षिक उपलब्धि हाशिल गरेका केही चिकित्सकहरू फेलो अफ रोयल कलेज अफ फिजीसियन एडिनबरा उपाधिले गरेको सचिव डा मुकुन्द प्रसाद काफ्लेले जानकारी दिए।