काठमाडौं- राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको परिचालन संघबाट गनुपर्ने लगायतका २१ बुँदे माग अघि सारेको छ।
संगठनको शुक्रबार र शनिबार काठमाडौंमा भएको तेस्रो पूर्ण बैठकले स्वास्थ्य क्षेत्र सम्वेदनशील र विशिष्टिकृत सेवा भएको जनाउँदै २१ बुँदे माग अगाडि सारेको हो।
संगठनले प्रदेश तथा स्थानीय तहबाट नभई संघीय तहबाट स्वास्थ्यकर्मीहरुको परिचालन गर्न सरकारलाई दवाब दिन तीन महिने हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
स्वास्थ्यका कर्मचारीलाई तत्काल अन्तर प्रदेश र प्रदेश सरुवा गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको लागि नि:शुल्क स्वास्थ्य सेवा राज्यले व्यवस्था गनुपर्ने, स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनु पर्ने, संघ, प्रदेश, स्थानीय तहमा चक्रिय प्रणाली अनुसार सरुवा गनुपर्ने,.स्वास्थ्यकर्मी जोखिम भत्तामा समानता र विशेष प्याकेज ल्याउनु पर्ने, स्तरबृद्धि तथा बढुवा प्रक्रियालाई सरल र सहज प्रकृयामा कार्यान्वयनमा ल्याउनुपर्ने, ओएनएम सर्वे तत्काल गरी आवश्यक दक्ष जनशक्ती, स्वास्थ्य संस्थाको आधुनिक भौतिक पूर्वाधार गनुपर्ने लगायतका मागहरु रहेका छन्।
हेरौं २१ बुँदे माग
![pragatisil karmachari 21.jpg](https://swasthyakhabar.com/uploads/editor/2023-08-02/pragatisil karmachari 21.jpg)