काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि १ दिने कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल स्वास्थ्यकर्मी संघ बागमती प्रदेश अध्यक्ष कमल भट्टराईका अनुसार सबै प्रदेशका निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा संंगठन विस्तारका लागि हेटौडामा कार्यक्रम सम्पन्न गरिएको हो।
स्वास्थ्यकर्मी संघको आयोजनामा भएको यो दोस्रो कार्यक्रम हो। यसअघि काठमाडौमा यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न भएको थियो। यही प्रकृतिको कार्यक्रम वीरगन्ज, नेपालगन्ज, विराटनगर धनगढी लगायत अन्य स्थानमा पनि गरिने संघले जनाएको छ।
उक्त कार्यक्रम संघका अध्यक्ष रामजि घिमिरे, महासचिव दिपकराज भट्ट, उपाध्यक्ष (निजीतर्फ) साहिल गिरी र उपमहासचिव (निजीतर्फ) मिनराज पन्थीले सहजीकरण गरेका थिए। कार्यमक्रम बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सोही अवसरमा चितवन जिल्लाका स्वयंसेवक संघका सदस्यहरुलाई समेत एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको थियो।
यस कार्यक्रमले निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता बढाउने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोगी भूमिकामा खेल्ने संघले बताएको छ।