काठमाडौं- नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एएसजी आइ केयरमा मङ्सीर १५ देखि एक महिने निःशुल्क आँखा जाँच सेवा संचालन भइरहेको छ।
एक महिनासम्म आँखा जाँच एवम् परामर्श सेवा उपलब्ध गराइएको छ। अस्पतालका डाइरेक्टर डा सीबिन ढकालले एएसजी आई केयरमा मोतिबिन्दु शल्यक्रियाको साथै टाढा नजिक दुवैका लागि चश्मा हटाउन मल्टिफोकल वा टोरिक लेन्सद्वारा सम्भव हुने बताए। साथै बिना सुई, बिना पट्टी फेको विधिद्वारा मोतिबिन्दुको शल्यक्रिया गरिने ढकालले जानकारी दिए।
अस्पतालका मार्केटिङ अफिसर गोविन्द पाण्डे निर्मलका अनुसार निःशुल्क आँखा परामर्श सुविधामा निःशुल्क नाम दर्ता, निःशुल्क आँखा तथा चश्मा जाँच गरिने, जलविन्दु (ग्लुकोमा) स्क्रीनिङ, आँखाको पर्दाको जाँच, स्लीट ल्याम्पद्वारा जाँच र विशेषज्ञ डाक्टरद्वारा सल्लाह र परामर्श दिइने छ।
साथै इच्छक आँखाका बिरामीहरूले अग्रिम रजिस्ट्रेशनको ०१-४७९०३५१, ०१-४७९०१६८, ९८४६६७८१९९, टोल फ्री नं. १६६००-१४४ - ०१४ मा सम्पर्क गर्न सक्नेछन्।
अस्पतालका अनुसार मात्र १४९०० बाट मोतिविन्दुको शल्यक्रिया सुरू गरिनेछ जसमा शल्यक्रिया शुल्क, ओटी शुल्क र डिस्पोजेवल शुल्क पर्नेछ।