काठमाडौं- काठमाडौंको चुच्चेपाटीमा रहेको मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा प्रवेश गरेको छ। क्लनिक संचालनमा आएको एक वर्ष पुरा भएको अवसरमा तीन दिनसम्म नि:शुल्क परीक्षण सेवा दिइएको थियो।
क्लिनिकका संस्थापक तथा निर्देशक डा मोहन भुसालका अनुसार नि:शुल्क सेवा अन्तर्गत एक सय ५० जनाले सेवा लिएका छन्। जसअन्तर्गत १५० जनाको नि:शुल्क स्किन एनलाईसिस गरिएको छ। यसका साथै १५० जनाले ५० प्रतिशत छुटमा विशेषज्ञ डाक्टरसँग परामर्श लिएको, ५० जनाले फ्री केमिकल पिल को सेवा लिएको तथा २५ जनाले निःशुल्क कपाल प्रत्यारोपण सम्बन्धी परामर्श लिएका छन्।
मिराकलमा छालाजन्य संक्रमणको उचित परामर्श एवं उपचारको लागि अन्तर्राष्ट्रियस्तरको सुविधा रहेको डा भुसाल बताउँछन्।