काठमाडौं- नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको सातौं अधिवेशनबाट सुमन प्रसाद पाण्डेय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा श्री सूर्यकृष्ण श्रेष्ठ, सचिवमा डा. सुमन पौडेल, सह-कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन्।
संघमा निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।
त्यसैगरी, सदस्यहरुमा नारायण प्रसाद सापकोटा, राजेन्द्र बस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित भएका छन्।